भक्तपुर, कात्तिक  २१ l अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका चुनदेबीस्थित सडकमा मंगलबार बसबाट खसेका सहचालकको ज्यान गएको छ ।

काठमाडौंबाट सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा २ ख ४०९८ नम्बरको भाडाको बसबाट सहचालक सिन्धुपाल्चोक सांगाचोक ११ बस्ने २० वर्षका अनिल गिरीको ज्यान गएको हो ।

गुडिरहेको बसबाट खसेका गिरीको उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

त्यसैगरि मध्यपुरथिमिबाट नयाँठिमी हनुमन्ते खोलाको पुल नजिक सानुबहादुर शाहीको मासु पसल अगाडि परिचय  नखुलेका अन्दाजी ५५ वर्षका पुरुषको शव भेटिएको छ । शव प्रहरीले शिक्षण अस्पताल पठाएर थप अनुसन्धान कार्य जारी रहेको बताएको छ ।

LEAVE A REPLY