पोखरा ८ असार । बस गुडिरहदा सुरक्षित यात्राको लागि ढोका बन्द गरिन्छ । सुरक्षाको लागि यात्रुलाई ढोकामा उभिन नदिई भित्र बसाउनुपर्ने सहचालक आफै ढोकामा उभिदा ज्यानै गएको छ । पोखरा नगर क्षेत्रमा सञ्चालन हुने बसका सहचालकको आफै कार्यरत बस गुडिरहेको अबस्थामा ढोकामा शरिर वाहिर निकालेर उभिदा ज्यान गएको प्रहरीले जनाएको छ ।

पोखराको हल्लनचोकबाट काहुँखोला तर्फ जादै गरेको ग १ ख ५०९९ नम्बरको नगरबसका सहचालक ३२ बर्षीय आनन्द सापकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक खडग बहादुर खत्रीले जानकारी दिए ।

विहिवार विहानै काहुँखोला तर्फ जाने क्रममा पोखरा १२ बाझापाटनमा पुगेपछि सहचालक सापकोटा ढोकामा उभिएका बेला विजुलीको पोलमा ठेक्किएको थियो । विहान साढे ६ बजे दुर्घटना भएलगतै उपचारको लागि मनिपाल शिक्षण अस्पताल ल्याइएकोमा साझ साढे ५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक सापकोटा पोखरा १२ सितलदेवीका स्थायी बासिन्दा हुन् ।

LEAVE A REPLY