पोखरा, २६ चैत । राजनीतिशास्त्र सूर्यरत्न शाक्य प्रतिष्ठान पोखराद्वारा आज एक कार्यक्रम गरी नेपालका बरिष्ठ समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रलाई सम्मान गरिएको छ । फूलमाला, दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको उक्त कार्यक्रममा उहाँकी धर्मपत्नी श्रीमती रमा मिश्रलाई पनि सम्मान गरिएको थियो ।

पृथ्वीनारायण क्याम्पस पोखरामा राजनीतिशास्त्र विषय लिएर स्नात्तोकत्तर तह उत्तीर्ण गरी सर्वोकृष्ट अकं प्राप्त गर्ने नियमित विद्यार्थीहरुलाई यस प्रतिष्ठानले छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । यसै क्रममा २०७१ बाट दुर्गा बास्तोला र २०७२ बाट गंगा पोख्रेललाई नगद जनही रु पाँचहजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
समाजशास्त्री चैतन्य मिश्रले आफ्नो मन्तव्य व्यक्त गर्दै राज्यले प्राविधिक विषयमा मात्र ध्यान दिएको तर सामाजिक विषयमा ध्यान नदिएको बताउनुभयो । उहाँले सर्वप्रथमतः समाज विज्ञानको आँखाले समाजलाई नबुझी सामाजिक समस्याका दिगो हल अन्य कुनै विषयबाट प्राप्त हुन नसक्ने कुरा उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका संरक्षक सूर्यरत्न शाक्य, पूर्व क्याम्पस प्रमुख गणेश बहादुर गुरुङ, प्रा. तारा बराल, प्रा. पद्मशरण रेग्मी, प्रा.डा. विश्वकल्याण पराजुली, सहायक क्याम्पस प्रमुख बसन्तराज पराजुली र मल्टीमोडल क्याम्पसका प्रमुख कृष्ण के. सी.ले बोल्नुभएको थियो । उक्त कार्यक्रममा सूर्यरत्न शाक्यद्वारा लिखित कबिता संग्रह “हेलो योगं स्टारस्”को समेत विमोचन गरिएको थियो । विमोचीत कृतिको प्रा. डा. यामबहादुर क्षेत्रीले समिक्षा प्रस्तुत गर्नुभएको थियो ।उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. उमानाथ बरालले गर्नुभएको र कार्यक्रमको संचालन सचिव भिमनाथ बरालले गर्नुभएको थियो ।

LEAVE A REPLY