पोखरा, ११ माघ l पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकपमा संकटा फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ आहारारा गोल्ड कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहिबार भएको खेलमा आदित्य चौधरीले एक गोल गरेर सशस्त्र प्रहरी बलको एपीएफ क्लब क्वार्टर फाइनलमा प्रवेश गराउन सफल भएका हुन ।

तेश्रो प्रिक्वार्टर फाइनलमा चौधरीले खेलको २८ औं मिनेटमा फ्री किकमा गोल गर्दै एपीएफलाई विजयी भएको हो । संकटाका विदेशी खेलाडी कोओरा लार्वा फ्लोरेन्ट कोनेले एपिएफका खेलाडी रञ्जन विष्टलाई लडाएपछि रेफ्री श्रवण लामाले कोनेलाई पहेलो कार्ड देखाउँदै एपिएफलाई फ्री किकको अवसर दिएका थिए । कोओरा लार्वा फ्लोरेन्ट कोनेलाई पहेलो कार्ड दिएका थिए । चौथो पटक आहा रारा गोल्डकपमा सहभागी सिएमजी संकटाले यस अघि उपविजेतासम्मको यात्रा गरेको थियो । एपिएफको यो ११ औ सहभागीता हो । चौधरीले खेलको म्यान अफ द म्याचको उपाधी भए ।

एपिएफको तर्फबाट अर्जुन विष्टले पाएका अवसलाई सदुपयोग गर्न सकेनन् जस्ले गर्दा एपिएफले १ गोल थप्न सकेन । एपिएफका युवराज खड्का, राजकुमार कुमाल, सुदिप साकार गोलको लागि गरेको प्रयास पनि सफल हुन सकेन । हाफ भन्दा अगाडिको खेलको पहिलो हाफमा संकटाका खेलाडी प्रकाश वुढाले हानेको बल गोल एपिएफका किपर अमृत कुमार चौधारीले छेक्दा खेलमा संकटाले गोल गर्न सकेन ।

संकटाका खेलाडी रुवेस केसीले खेलको हाफ भन्दा पछाडि हानेको २ बलहरु पनि पोष्ट भन्दा बाहिर गएको कारण संकटा प्रतियोगिताबाट बाहिरीन पुग्यो । संकटाले पाएका अवसरको सदुपयमेग गर्न सकेन । तर फिनिसिङमा कम्जोरी हुँदा संकटा पहिलो खेलबाटै बाहिरिन पुगेको हो । खेलको ७३ औं मिनेटमा संकटाका सरोज दाहालले पोष्ट नजिक पाएको बल हेड मार्फत गोल गर्न खोजे पनि उनको प्रयास सफल हुन सकेन ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले पाएका अवसर सदुपयोग हुन नसक्दा र फिनिसिङ राम्रो नहुँदा हार व्यहोर्नु परेको बताए । उनले खेलमा हार जित हुनु समान्य बताउदै फ्रिकीको अवसर एपिएफले सदुपयोग गरेको धारणा राखे ।

एपिएफका प्रशिक्षक रत्न काजी महर्जनले इटहरीमा गत ६ गते खेल खेलेर आएका कारण थकानका कारण सोचे जस्तो खेल खेल्न नसकेको बताए । आफ्नै खेल कम्जोरी भएको र अवका खेलमा आफुहरुले सुधार गरेर लैजाने बताएका छन् । संकटाको फिनिसिङ राम्रो हुन नसक्नु आफुहरुले फाइदा रहेको जानकारी दिए । शुक्रबार नेपाल पुलिस क्लब र झापा ११ बिच हुनेछ ।

LEAVE A REPLY