फाईल तस्बिर

पोखरा, २ चैत l पोखराको कोमागाने पार्कमा आयोजित पाँच दिने १४ औं फेवा नव वर्ष महोत्सव शनिबार सम्पन्न भएको छ । पर्यटन, संस्कृति र खानालाई लक्षित गरी फेवा ताल र नेपाली संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको थियो ।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भएको महोत्सवमा देशविदेशका हजारौं पर्यटकले सहभागिता जनाएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । महोत्सवका अवसरमा आएका पर्यटकका कारण होटलको अकुपेन्सी पनि सकारात्मक दरले वृद्धि भएको उनले सुनाए । महोत्सवमा कति कारोवार भयो भन्ने लेखाजोखा भने गर्न बाँकी नै रहेको अध्यक्ष तुलाचनले बताए ।

खानाका १५ र अन्य ब्यापारिक गरी कूल ६० स्टल महोत्सवमा समेटिएको थियो । महोत्सवमा पर्यटक दौड, डुंगा दौड, एकल नृत्य, बाल उद्यान, दोहोरी गीत र सांगीतिक ब्याण्डहरुको प्रस्तुती समेटिएको थियो । संघले महोत्सवका अवसरमा जाउँ है पोखरा अन्तर्गतका प्याकेजहरुको पनि विक्रीवितरण गरेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

महोत्सवलाई नेपाल पर्यटन वोर्डले प्रवद्र्धन गरेको थियो भने गोर्खा ब्रुअरीले प्रायोजन गरेको थियो । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति संघले हार्दिक आभार व्यक्त गरेको छ ।

LEAVE A REPLY