पोखरा, २८ साउन । पोखरेली पत्रकार हेमराज अधिकारीलाई पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान) ले सम्मान प्रदान गरेको छ । फेवा टेलिभिजनका स्टेशन म्यानेजर सेमत रहेका पत्रकार अधिकारी सिटी रेवानले आफ्नो सातौं अधिवेशन एवं सोह्रौं साधारण सभाको अवसरमा सम्मान प्रदान गरेको हो ।

अधिकारीलाई जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष वैन वहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अशोक सेन तथा सिटी रेवानका अध्यक्ष केपि शर्मा पाध्यले एक साथ सम्मान गर्नुभएको हो । पत्रकार अधिकारीले पत्रकारिता मार्फत समाजमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान प्रदान गरिएको सिटी रेवानले जनाएको छ ।

भोजपुरको च्याङ्ग्रेमा जन्मिएका पत्रकार अधिकारीले पोखरालाई कर्मथलो बनाइ विगत १० बर्षदेखि पत्रकारीता पेशामा आवद्ध हुनुहुन्छ । अधिकारीले यसअघि दर्जन भन्दा धेरै सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नु भएको छ । पत्रकार अधिकारीले मौलिक लोक संस्कृति, कला तथा स्थानिय स्तरमा हुने मेला महोत्सवहरुको प्रवद्र्धनमा महत्वपुर्ण योगदान गर्नुभएको छ ।

LEAVE A REPLY