वैशाख ४ l  पानामाको राष्ट्रिय फुटबल टिमका एक खेलाडीको गोली हानी हत्या भएको छ । गएको महिना विश्वकप छनौट अन्तर्गत अमेरिकासँगको खेलमा खेलेका मिडफिल्डर एमिल्कर हेनरिक्युजको गोली लागेर ज्यान गएको हो । उनी ३३ वर्षका थिए ।
उनी उएभो कोलोनमा गोली लागेको अवस्थामा आइतबार भेटिएको र उपचारको क्रममा उनको ज्यान गएको फक्स स्फोर्टसले जनाएको छ । घटनामा अरु दुईजना पनि घाइते भएका छन् । उनले पानामाको राष्ट्रिय टिमबाट ७५ खेल खेलेका छन् ।
उनी विश्वकप २०१८ को छनौट अन्तर्गत गएको मार्च २८ मा अमेरिकासँगको खेलमा ८० औं मिनेटमा मैदान छिरेका थिए । यो खेलमा पानामा १–१ को बराबरीमा रोकिएको थियो । गोली हान्नेको खोजी भइरहेको स्थनीय अधिकारीले बताएका छन् । पानामाका राष्ट्रपतिले घटनाका दोषीलाई पक्राउ गर्न निर्देशन पनि दिनुभएको छ ।

LEAVE A REPLY