काठमाडौं, चैत २० – नेपाली सिनेमा ‘प्रेमगीत–२’ ले यसपाली कभर गीत गाउने दुई जनालाई विजेता बनाउने भएको छ । ‘प्रेमगीत’मा शीर्ष गीतका लागि गरिएको कभर गीत प्रतियोगितामा विजयी भएका सागर संसार राईलाई शनिबार

पुतलीसडकको एक स्टुडियोमा ‘प्रेम गीत–२’ का लागि गीत गाउन लगाउँदै निर्माता सन्तोष सेनले यस वर्षको ‘प्रेमगीत–२’ को शीर्ष गीतको कभर गीत प्रतियोगिताका विजयीलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

सिक्वेलको एक गीतमार्फत महिला र पुरुष गरी एक एक लाख रुपैयाँ दिने सेनले जानकारी दिए । धेरै निर्माता तथा निर्देशकहरुले कभर गीत गायन प्रतियोगिता राखेर आफ्नो चलचित्रको प्रमोशन गर्ने गरेको तर विजेताले भने बमोजिमको पुरस्कार र अवसर नपाएको भन्दै सेनले असन्तुष्टि पनि पोखेका छन् ।

आफूले भने त्यस्ता गतिविधिको विरोध गर्दै आफ्नो वाचा अनुसार सागर संसार राईलाई गीत गाउन अवसर दिएको सन्तोषले बताए । अब उप्रान्त आफ्नो प्रोजेक्टमा सागरले निरन्तर गीत गाउने र नयाँ प्रतिभाहरुलाई पनि सधै स्थान दिने उनले जानकारी दिए ।

६० को हाराहारीमा गीत गाएको भए पनि आफूलाई धेरैले नचिनेको भन्दै ‘प्रेमगीत’को गीत गाएपछि धेरै  प्रशंसा र अवसर आएको कुरा गायक सागर संसार राईले खुशीसाथ प्रकट गरे । ‘प्रेमगीत–२’ को लागि निकै मेहनत गरेका राई गीतबाट दर्शकको साथ र माया पाउनेमा विश्वस्त छन् ।

सन्तोष सेनको निर्माण रहेको सिनेमा ‘प्रेम गीत–२’ लाई रामशरण पाठकले निर्देशन गरिरहेका छन् । सिनेमामा प्रदीप खड्का र अश्लेसा ठकूरीको मुख्य भूमिका छ ।

@ उज्यालो र forseenetwork

LEAVE A REPLY