काठमाडौं, चैत २९ – प्रहरी महानिरीक्षक नियुक्तीको निर्णय बदर गर्न माग गर्दै प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल फेरि सर्वोच्च अदालतमा पुग्नु भएको छ ।

सरकारले सोमबार राति प्रकाश अर्याललाई महानिरीक्षक नियुक्ती गरेको थियो । अर्यालले सोमबार राति नै कार्यभार सम्हाल्नुभएको छ । सिलवालले सर्वोच्च आदलतले यसअघि गरेको फैसला कार्यान्वयनको माग राखेर रिट दायर गर्नुभएको हो ।

यसअघि सिलवालले नै दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय बदर गरेको थियो । सर्वोच्चले फैसलामा कार्य सम्पादनमा आफूलाई पहिलो नम्बरमा राखेकाले आफू नै महानिरीक्षक हुनु पर्ने माग सिलवालले गर्नुभएको छ ।

@Ujyaaloonline

LEAVE A REPLY