२० चैत, काठमाडौं । काठमाडौं न्यूयोडमा भएको सुन लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ । लुटपाटमा संलग्न तीन जना पक्राउ परेका छन् ।न्यूरोड मरुहिटीमा भारतीय नागरिक शिव माइतीले सञ्चालन गरेको सुन पसलमा शुक्रबार हतियार देखाएर झण्डै ६० तोला सुन लुटपाट भएको थियो ।

महानगरीय प्रहरीको अपराध महाशाखाले लुटपाटमा संलग्न तीन जनालाई पक्राउ परेको छ । महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने, ‘अपरेशन अन्तिम चरणमा पुगेको छ । लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ ।’

सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङसहितको समूह लुटपाटमा संलग्न भएको पाइएको छ ।घटनाबारे थप जानकारी दिन प्रहरीले आजै दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

@Onlinekhabar

LEAVE A REPLY