बैशाख ८, पोखरा । नयाँ गायक प्रबिण बिसुन्केको पहिलो गित ‘¥याक नगर’ सार्वजनिक भएको छ । भिडियो साझेदार साइड युबट्युव मार्फत संगित तथा भिडियो सार्वजनिक गरीएको हो । प्रारम्भीक प्रतिक्रियाबाट आफु उत्साहीत भएको गायक प्रबिणले बताए । रोमान्टीक शैलीको गित बजारको माग अनुरुपको भएको प्रबिणको बुझाई छ । प्रकाश नेपालीको संगित रहेको गितमा शब्द बिजय कुमार मिश्र र एरेन्ज देवेन्द्र नेवाको रहेको छ ।
गितको भिडियोमा चल्तीका कलाकारहरु बिनोद न्यौपाने र सम्पदा बानियाले अभिनय गरेका छन । सामान्य अवधारणामा सरल भिडियो निर्माण गरीएको बताइएको छ । भिडियोको सम्पादन तथा निर्देशन अपिल त्रिपाठीले गरेका हुन । सरोज अधिकारीले छायङ्कन गरेको भिडियोको रंग संयोजन सुवास अम्गाईले गरेका हुन । फलानो क्रियशनले भिडियो तयार पारेको हो ।

LEAVE A REPLY