३१ बैशाख l  प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजे नै मतदान गरेका हुन् । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि अन्य मतदाताहरुले मतदान सुरु गरेका छन् ।

प्रधानमन्त्री पत्नी सीता दाहाल भने लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीका साथमा थिइनन् । सीता दाहालको मतदाता नामावली शान्तिनगर मतदान केन्द्रमा भएकाले शान्तिनगरबाट मतदान गरेकी छिन् ।

मतदान गरिसकेपछि होटलमा फर्केका प्रधानमन्त्री बिहान साढे १० वजे काठमाडौं र्फकने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

@Onlinekhabar

LEAVE A REPLY