काठमाडौं, जेठ २४ – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिनुभएको हो ।

नेपालको ४० औँ प्रधानमन्त्रीमा चुनिनु भएका कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी पनि गर्नुभएको छ ।

व्यवस्थापिका संसदमा मंगलबार भएको चुनावमा ३ सय ८८ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री बन्नुभएको हो । मतदानमा उपस्थित ५ सय ५८ जना सांसदमध्ये देउवाको पक्षमा ३ सय ८८ जना र विपक्षमा १ सय ७० जना सांसद हुनुहुन्थ्यो

LEAVE A REPLY