काठमाडौं, कात्तिक २१ l राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणमा चुनाव हुनेमध्ये तीन जिल्ला बाहेकका सबै जिल्लाका प्रदेशसभातर्फ कांग्रेसलाई समर्थन गर्ने भएको छ ।

मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले दोश्रो चरणको चुनावअन्तगर्त काठमाडौं, सल्यान र भक्तपुर बाहेकका सबै ठाउँमा प्रदेशसभातर्फ कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै राप्रपाले मंसिरको पहिलो र दोस्रो हप्ता विराटनगर, विरगञ्ज, धनगढी र पोखरामा आमसभा आयोगना गर्ने भएको छ ।

LEAVE A REPLY