पोखरा, २२ चैत्र l पोखरा रानीपौवामा अवस्थित ग्लोबल बालवाटिकाले पहिलो पटक अभिभावक दिवस तथा दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ ।

दिपेन्द्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उनले पूर्व प्राथमिक शिक्षा एक महत्वपूर्ण विषय रहेको र बालवालिकाको शिक्षाको लागि गालि पिटाइबाट नभई माया र ममताबाट शिक्षा सिकाउन सकिने जानकारी दिएका थिए। त्यसैगरी बालबालिकाको शिक्षामा अभिभावकको समेत उत्कृष्ट भूमिका रहने भएको हुँदा आफ्ना बालबालिकाहरुको शिक्षा दिक्षामा ध्यान दिनुपर्ने समेत ढकालले जनाएका दिए।
त्यसै गरी उक्त विद्यालयकी प्राचार्य बविता पालिखेले महंगा मन्टेश्वरी र परम्परागत शैलीका विद्यालयको विचमा रहने गरी मध्यवर्ति बाटो अपनाई मन्टेश्वरीका आवश्यक विद्यीलाई मात्र छनोट गरि गुणात्मक शिक्षा दिन जरुरी रहेको जानकारी गराइएकी थिइन्।

कार्यक्रममा पूर्व प्राथमिक तहबाट प्राथमिक तहमा प्रवेश गर्ने ८० जना विद्यार्थीहरुलाई दिक्षान्त समारोह कार्यक्रममा सर्टिफिकेट र मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रममा विविध सांस्कृतिक कर्यक्रम गरिनुका साथै बालवालिकाहरुले आफ्ना प्रतिभाहरु समेत देखाएका थिए।
उक्त कार्यक्रममा बलविर सिंह नेगी र प्यब्सनका केन्द्रीय सदस्य कृष्ण केसीको पनि उपस्थिति रहेको थियो । बाबुराम पन्तको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अञ्जु राईले गरेकी थिइन।

LEAVE A REPLY