पोखरा, २१ बैशाख l संघिय समाजवादी फोरम तथा नयाँ शक्तिको संयुक्त गठबन्धनद्वारा पोखरा–लेखनाथ महानगरपालिका वडा नं. १३ को निर्वाचन सम्पर्क कार्यालय बाझापाटनमा बिहीबार उद्घाटन भएको छ । यहि बैशाख ३१ गते सम्पन्न हुन गईरहेको स्थानिय चुनावका लागि सदस्यता सम्पर्क तथा प्रचार–प्रसारका लागि उक्त कार्यालय खोलिएको हो ।
संयुक्त गठबन्धन अन्तर्गत निर्वाचन परिचालन कास्की जिल्लाका प्रमुख देवि सुवेदीले उद्घाटन गर्दै देश चुनावी माहोलमा होमीएको हुँदा सम्पूर्ण जनसमुदायलाई दक्ष व्यक्तिलाई चुन्नको लागि आग्रह गर्नुभएको छ । उद्घाटन कार्यक्रममा संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष दिपक तामाङ, नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक हेमबहादुर थापा, वडा अध्यक्ष पदका उमेद्वार हरि बहादुर गुरुङलगाएतका वक्ताले विकासका निम्ती अगाडी लैजान सक्ने पार्टी तथा व्यक्तिलाई जिताउनु पर्नेमा जोड दिनुभएको थियो ।
संयुक्त गठबन्धनबाट पोखरा–लेखनाथ महानगरको मेयरका उमेद्वार हुमबहादुर गुरुङ तथा उपमेयरका उमेद्वार लक्ष्मी खाती परियारले महानगर विकासको एजेण्डाका बारेमा मन्तव्य तथा प्रतिवद्धता व्यक्त गरेका थिए । मोटरसाईकल ¥याली सहित भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य मदन गुरुङले गरेका थिए भने संचालन मनकाजी गुरुङले गरेका थिए ।
त्यसैगरि संयुक्त गठबन्धनले बिहीबारनै पोले १५ मा प्रचारसभा गरेको थियो भने वडा नं. ९ चारभञ्ज्याङ तमु समाजमा भेला सम्पन्न भएको छ ।

LEAVE A REPLY