असार ४ – पोर्चुगलको जंगलमा लागेको आगलागीमा परेर २५ जनाको ज्यान गएको छ । आगलागीमा परेर २० भन्दा बढी व्यक्ति घाइते भएको पोर्चुगलको सरकारी सञ्चारमाध्यम आरटिपीले जनाएको छ ।ज्यान जानेहरु तथा घाइतेहरुमा अधिकांश जंगलको बाटो हुँदै कारमा यात्रा गरिरहेका व्यक्ति रहेको सरकारी अधिकारीले  जनाएका छन् । पेद्रोगाओ ग्रान्दे जिल्लाबाट  भाग्दै गरेका अधिकांश व्यक्तिहरु घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा अग्नी नियन्त्रकहरु पनि रहेको अधिकारीहरुले जनाएका छन् ।

घटनापछि पोर्चुगलका  प्रधानमन्त्री एन्टोनिओ कोस्टाले पोर्चुगल अहिले संकटको घडीमा रहेको र ज्यान जानेहरुको संख्या अझ बढ्न सक्ने बताउनुभएको छ । घटनाको पूर्ण विवरण आइनसकेको पोर्चुगल प्रहरीले जनाएको छ ।

LEAVE A REPLY