पोखरा, २७ चैत । आफ्नो घर आँगन आफै सफा राखौं भन्ने नाराका साथ टोल टोलमा गठन गरिएका टोल विकास संस्थाका पदाधिकारी सदस्यहरुले वृहत पोखरा सरसफाई अभियानलाई सार्थक बनाई आफै घर आँगन र टोलका वरपर आफै सफा राख्न वडा नं.१० का हरेक टोलको सक्रिय कार्य गर्दै हिमाली टोल विकास संस्था पोखरा १० खत्रीपसलचोकदेखि विरेन्द्र शालिकचोकसम्म सडकको दायाँ बायाँ एक कार्यक्रमका साथ सरसफाई कार्यक्रम सम्पन्न भयो ।
उक्त सरसफाई टोल विकास वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष सम्मर बहादुर श्रेष्ठले कार्यक्रममा वडाबासीलाई सम्वोधन गर्दै वडाका हरेक कार्यमा सहयोग र समस्या समाधान गर्दै आप्नो पहिचान आफैले गर्नुपर्ने बताउनुहुँदै मानव स्वास्थ्यको लागि आफै सचेत भै स्वस्थ जीवन जिउन सरसफाई गर्नु र सफा रहन अति आवश्यक रहेको बताउनुहुँदै यस्ता कार्यमा वडाबाट हुन सक्ने हरेक सुविधा र सहयोग उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी मध्ये सचिव सुन कुमारी गुरुङ्ग र सल्लाहकार प्रेम बहादुर गुरुङ्गले वडा भित्र रहेका जनताहरुलाई सक्षम बनाउन र फोहोरलाई व्यवस्थित गर्नुपर्छ भन्ने महानगरपालिकाले समय तालिका अनुसार फोहोर उठाउन नआउँदा स्थानीय टोलका सदस्यहरु मारमा परेको र सरसफाईकर बढाउँदै जाने तर गाडी पठाउन नपर्ने समस्यालाई सुधार गर्नुपर्ने विचार राख्नुहुँदै हामी कर तिर्छौ टर गाडी समयमा आउनुपर्छ भन्ने सबैले धारणा राखेका थिए ।
कार्यक्रममा पोखरा बृहत सरसफाई अभियानलाई सार्थक बनाउन हरेक हप्ताको शनिवार कुनै न कुनै टोलमा अभियान गरिएको उक्त कार्यक्रममा हिमाली मार्ग टोल विकास संस्थाका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा सम्पन्न वृहत सरसफाई अभियानको संचालन संयोजन समितिका सचिव सुन कुमारी गुरुङल गर्नुभएको थियो ।

LEAVE A REPLY