पोखरा, २४ साउन । क्षत्री समाज नेपाल क्षेत्र विस्तार अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं. २ मा क्षत्री समाज वडा कमिटी र महिला समितिको विस्तार भएको छ ।

स्थानीय होम बहादुर कार्कीको अध्यक्षतामा लक्ष्मी जिसी, उपाध्यक्ष राजन पराजुली, सचिव राम बहादुर जिसी, कोषाध्यक्ष विश्व कार्की, सदस्यहरुमा माया थापा र विष्णु कार्की रहेका छन् । महिला समितिमा लक्ष्मी जिसी अध्यक्ष, सरस्वती थापा उपाध्यक्ष, सिर्जना कार्की सचिव, देवी पण्डित कोषाध्यक्ष, सावित्री क्षत्री सहसचिव, सदस्यहरुमा सकुन्तला कार्की, विष्णु कार्की, शान्ति पराजुली, मन्जु ढकाल रहेका छन् ।

सल्लाहकारमा चित्र बहादुर कार्की, अर्जुन केसी, जितेन्द्र केसी, लोक बहादुर क्षत्री, होम कार्की, रत्ना कार्की, देवु कार्की, माया थापा, मिठु जिसी रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै जिलला उपाध्यक्ष डिल बहादुर अधिकारीले समाजको गतिविधिसँगै विस्तारित समितिहरु सकृय रहनुपर्नेमा जोड दिनुभयो । लक्ष्मी जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नं. ४ का प्रमुख राम बहादुर क्षत्री, नगर सचिव गणेश बहादुर कुँवर लगायतले समाजको गतिविधिमाथि प्रकाश पारेका थिए ।

LEAVE A REPLY