पोखरा ३ बैशाख, आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले पोखरा लेखनाथ महानगरपालीका वडा नं. २१ मा कृष्ण वहादुर थापाको संयोजकत्वमा चुनाव प्रचार प्रसार समिति गठन भएको छ ।
साविकको पोखरा २३ निर्मलपोखरी र पोखरा २४ कृस्तीनाच्नेचौर मिलेर वनेको वडा नं. २१ का लागि सवै क्षेत्र र भेगलाई समेटेर ४३ सदस्यीय वडा कमिटि तथा १ हजार १ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको हो । जसको सहसंयोजकमा दीपक प्रसाद सुवेदी र सचिवमा राजेन्द्र वहादुर थापा छन् ।
वडा संयोजक कृष्ण वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ने.क.पा. एमाले कास्की जिल्ला निर्वाचन कमिटिका सचिव झपट रानाभाट, कास्की जिल्ला सदस्य कमल मोहन पौडेल र खड्ग हमाल कास्की जिल्ला कमिटीका सचिवालय सदस्य पूवराज पौडेल लगायतले बोलेको कार्यक्रममा स्वागत मन्तव्य सहसंयोजक दिपक प्रसाद सुवेदीले राखेका थिए भने कार्यक्रम संचालन कमिटीका सचिव राजेन्द्र वहादुर थापाले गरेका थिए ।

LEAVE A REPLY