पोखरा, २१ बैशाख l नेपाली काँग्रेस कास्कीले जनताले नेपाली काँग्रेसलाई नै जिताउने दावी गरेको छ । वैशाख ३१ गते हुने स्थानीय निकायको चुनावमा मेयर, उपमेयर तथा सम्पूर्ण गाउँपालिकाका पदाधिकारीहरुलाई जनताले भरोसा र योग्य पार्टी भन्दै भारी मत दिने दावी गरेका हुन् । वडा नं २ मा भएको चुनावी सभामा सम्वोधन गर्दै नेपाली काँग्रेस कास्कीका पार्टी सभापति कृष्ण केसीले ‘संविधान दिन सक्ने पार्टी काँग्रेसले शान्ति, सम्वृद्धि र पोखरा लेखनाथलाई स्मार्ट सिटी पनि दिन सक्ने भन्दै कम्युनिष्टलाई नेपाली जनताले मत नदिने बताए । उमेद्वार नै ‘मै हुँ’ भन्दै नेता केसीले रामजी कँुवर र सरस्वती गुरुङलाई भारी मत दिन सवैमा आग्रह गरे ।
नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभा अन्तर्गत विहीवार मेयर र उपमेयर पदका प्रत्यासीले मत माग्दै वडा नं २, वडा नं ४, वडा नं ९, वडा नं २१ का कार्यालय उद्घाटनमा आफ्ना योजना र प्रविधि वारेमा जानकारी दिएका थिए । भिन्दा भिन्दै सभामा पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्व सभापति शोभियतवहादुर अधिकारी, सांसद शारदा पौडेल, बृन्दा राना, युवा एवं प्रखर नेता देवराज चालिसे, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, युवा नेता नरेशशंकर पालिखे, युवा नेता नविन सिग्देल, क्षेत्रीय सभापति विजय आचार्य, प्रा.डा. रामचन्द्र पोखरेल लगायतले सभामा सम्वोधन गर्दै नेपालको भविष्य र प्रजातन्त्रकोलागि यो मौका नचुकाउन नेपाली जनता समक्ष अनुरोध गरे ।
सभामा ठूलो संख्यामा एमाले र माओवादी पार्टी परित्याग गर्नेहरुलाई काँग्रेसमा मात्र स्थान भएको भन्दै उपयोग गर्ने कम्युनिष्ट छोडेर पोखराको विकासमा ध्यान दिन आग्रह गरेका थिए । मेयर पदका उम्मेदवार कुँवरले चुनावी सभामा सम्वोधन गर्दै विश्वको धार्मिक पर्यटनको सम्भावना वोकेको पोखरा लेखनाथ महानगरमा भिजन र मिसन भएको नेता आवस्यक भएको बताए । कम्युनिष्ट पार्टी जस्तो भिन्न भिन्न ठाउँमा भिन्न भिन्न विचार र योजना वाड्ने कुनै पनि पार्टीलाई जनताले मत निदने भन्दै नेपाली काँग्रेसलाई जिताउन अनुरोध गरे । मजदुर नेताका रुपमा चिनिएका नेता कँुवरले गरिवी र वेरोजगार हटाउने गुरु योजना पुरा गर्ने क्षमता आफूलाई काँग्रेसले दिएको भन्दै जुटेर सम्वृद्ध पोखराको सपना पुरा गर्न अनुरोध समेत गरे ।

LEAVE A REPLY