पोखरा, १७ चैत्र । नेपाली काँग्रेसको भातृ संघ नेपाल दलित संघ वडा नं. १४ ले एक कार्यक्रमका बीच प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व आमन्त्रीत केन्द्रीय सदस्य एवं कास्कीका पूर्व जिल्ला सभापति शुक्रराज शर्माले नेपाली काँग्रेसले २००७ साल देखि नै छुवाछुत विरुद्ध लडिरहेको बताउँदै दलितहरुको हकहितको लागि आफू र आफ्नो पार्टी सधै लडिरहने बताए । कार्यक्रममा सभासद शारदा पौडेल र नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति सोभियतबहादुर अधिकारीले दलितहरुको उत्थान र विकासको लागि आफूहरुले सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल दलित संघका केन्द्रीय सदस्य प्रकाश स्नेही विकले प्रशिक्षण दिंदै दलितहरु पनि देशका सर्वाेच्च निकायमा पुग्न सक्ने हुँदा आफू दलित भयौं भनेर चिन्ता लिन नपर्ने बताए ।
कार्यक्रममा नेपाल दलित संघ केन्द्रीय सदस्य परशुराम विक, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण कार्की, नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधव बास्तोला (मधु), नेपाल पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. कुसुमाकर न्यौपाने, क्षेत्र नं. ३ का पूर्व क्षेत्रीय सभापति वीरेन्द्रनारायण बिजुक्छे, नगर समितिका सभापति बजिरमान श्रेष्ठ, प्रजातन्त्रका सेनानी पूर्व इकाई सभापति –१४ का स्थानेश्वर पोखरेल, पूर्व सभापति बलराम कुँवर, इकाई १४ का सभापति बोधराज बराल, दलित संघका कास्कीका जिल्ला सभापति दुर्गाबहादुर सुनार, महिला संघका कार्यवाहक सभापति इन्द्रामाया बानियाँ, नगर महिला समन्वय समितिकी सभापति माया बराल, इकाई समिति १४ का सल्लाहकार शिवप्रसाद पोखरेल, नव प्रवेशीको तर्फबाट प्रेम परियार लगायतले कार्यक्रम शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका प्रेम परियार सहित ७ जना गरी करिव ८५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए भने नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शर्माले माला र टिका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा दलित परिवारबाट प्रमाण पत्र तह (१० ं२) उत्तीर्ण गर्ने सन्ध्या विक, लक्ष्मी रतन, विशाल परियार, कविता विक, संगीता परियार, आशीष परियार, विवेक परियार, अमृत परियार, सुसिला परियार, विजय परियार, बिनु परियार, सविना नेपाली, मौसम परियार, रन्जु परियार र मनिषा परियारलाई कार्यक्रमका प्रमुख अतिथि लगायतले दोसल्ला, माला र टिका लगाएर सम्मान गरेका थिए । नेपाल दलित संघ इकाई १४ का सभापति खड्क बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य दलित संघका जिल्ला सदस्य बलराम परियार, सञ्चालन इकाई सचिव सौगात परियार र धन्यवाद ज्ञापन इकाई सभापति बोधबहादुर कार्कीले गरेका थिए ।

LEAVE A REPLY