पोखरा, १६ चैत्र। नेपाली काँग्रेसले पोखरा लेखनाथ महानगरपालिकाका विभिन्न
वडाहरुमा बुधबार भेला गरेको छ।काँग्रेसले बुधबार पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ र १६ माछुट्टाछुट्टै भेला गरेको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारीदिनुभयो। भेलामा नवप्रवेशीलाई स्वागत गर्नुको साथै पार्टीको भातृ संस्थागठन गरिएको छ।वडा नं १६ बाटुलेचौरमा सम्पन्न भेलाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्तअधिकार र उपलब्धिको रक्षाका लागि स्थानीय निकायमा काँग्रेसको नेतृत्वहुनुपर्नेमा जोड दिएको छ ।नेपाली काँग्रेस साविक पोखरा उपमहानगर पालिका वडा नं १६ र २८ को संयुक्तभेलामा सहभागी वक्ताहरुले सिंहदरबारको शक्ति विकेन्द्रीकरण गरिएपछि त्यसकोनेतृत्व काँग्रेसले लिनुपर्नेमा जोड दिनु भएको छ।भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस कास्की सभापति कृष्ण के.सी.लेप्रजातान्त्रिक समाजवादका अगाडि साम्यवादी दर्शन कमजोर रहेको बताउनुभयो।उहाँले संविधानको कार्यान्वय र त्यसबाट स्थापित भएको अधिकार र शक्तिकोप्रयोगमा काँग्रेसको नेतृत्वदायी भूमिका हुनुपर्ने जिकिर गर्नुभयो।नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले संविधानमा प्रदत अधिकारलाई
व्यवस्थित गर्न स्थानीय तहको निर्वाचन हुन लागेको बताउँदै त्यसको अगुवाई
गर्न नेपाली काँग्रेसमात्र सक्षम रहेको धारणा राख्नुभयो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला सदस्य गोविन्दबहादुर थापा
सहित दर्जन भन्दा बढी युवाहरु नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको छ।
त्यसक्रममा नवप्रवेशीहरु राधा नेपाली, भुक्तबहादुर थापा, सूर्यबहादुर थापा,
राजकुमार परियार, प्रदिप गायक, निरन्जन कार्की, मदनजंग राणा, राजेश गुरुङ
लगायतका युवाहरुलाई कास्की काँग्रेसका सभापति के.सी. ले स्वागत गर्नु भएको
थियो।नव प्रवेशीहरुको नेतृत्व गर्दै थापाले आफू विगतमा नेकपा माओवादी
केन्द्रको विभिन्न तहमा रहेर काम गरेको भए पनि नेपाली काँग्रेसको भूमिका र
अडानप्रति प्रभावित भई माओवादी त्यागेर नेपाली काँग्रेसमा प्रवेश गरेको
उल्लेख गर्नुभयो।नेपाली काँग्रेस वडा इकाइ सभापति होमबहादुर थापाको सभापतित्वमा भएकोकार्यक्रममा नेपाली काँगे्रसका महाधिवेशन प्रतिनिधिद्वय बाबुराम आचार्य रपद्मसिंह गुरुङ, नेपाली काँग्रेसका कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेपालीकाँग्रेस क्षेत्र नं २ का सभापति माधव बास्तोला, नेपाली काँग्रेसका नगर सभापतिबजिरमान श्रेष्ठ लगायतका वक्ताहरुले आसन्न स्थानीय तहको निर्वाचन र निर्वाचनमाछनौट हुने उम्मेदवार केन्द्रीय समितिको मापदण्डअनुसार चयन गर्न आग्रह गर्नु भएको थियो।

उता, पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ को इलाका नं ५ को भेलाले
नेपाल तरुण दल, भूपू सैनिक संघ र नेपाल महिला संघको इलाका गठन गरेको छ।
भेलाले प्रशान्त गुरुङ अध्यक्ष, सचिन गुरुङ उपाध्यक्ष, सरोज अधिकारी सचिव,
शुशिला पुन कोषाध्यक्ष, निशा पुन, हेम गुरुङ, रोहन आले, रोहित थापा,
राजेश परियार, कृष्ण परियार, र देविन गुरुङ सदस्य रहेको तरुण दल गठन
गरेको छ।साथै, चन्द्रा गुरुङ अध्यक्ष, सिता बराल उपाध्यक्ष, दुर्गा राना सचिव, रेखा
गुरुङ सहसचिव, लेककुमारी गुरुङ कोषाध्यक्ष, चाँदनी परियार, शर्मिला श्रेष्ठ,
डिमाया गुरुङ, इन्दु आले सदस्य रहेको महिला संघ गठन गरेको छ।
त्यस्तै, क्या राजेन्द्र गुरुङको संयोजकत्वमा नेपाल भूपू सैनिक संघ गठन
गरेको छ। जसको सदस्यमा जयबहादुर केसी, धमबहादुर गुरुङ, भिमबहादुर पुर्जा,
सुवेदार केवि थापा, उमबहादुर गुरुङ छन्।

भेलामा कास्की काँग्रेसका सभापति कृष्ण केसी, क्षेत्र नं २ कास्कीका सभापति
माधव बास्तोलॉमधु’, नगर सभापति बजिरमान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ऋषि
काफ्ले, खेमकुमारी बराल, जिल्ला सदस्य मिनबहादुर गिरी, क्षेत्रीय सचिव
वर्षाकेशव पराजुली, नगर महिला सभापति माया बराल, जिल्ला सदस्य अम्बिका
पराजुली, इकाइ सभापति टोपबहादुर थापा, संस्थापक नेता तारानाथ गौतम
‘पाखे’, इकाइ उपसभापति अर्जुनकुमार विक, पूर्व इकाइ सभापति शुशिलराज
पराजुली, तरुण दल इकाइ सभापति राजेन्द्र पराजुली, वीपी चिन्तन प्रतिष्ठानका
इकाइ सभापति डम्बरबहादुर बाँनिया, किसान संघका इकाइ सभापति गोविन्द गिरी,महिला संघका इकाइ सभापति विष्णुदेवी आचार्य, जनजाति संघका इकाइ सभापतियमप्रसाद श्रेष्ठ, क्याप्टेन राजेन्द्र गुरुङ, चन्द्र गुरुङ, जयबहादुर केसीले
बोलेका थिए। नेपाली काँग्रेस इलाका नं ५ का संयोजक क्याप्टेन लेसबहादुर थापाको
अध्यक्षतामा भएको भेलामा उपसभापति सुवेदार भिमबहादुर थापाले स्वागत, किसानसंघ क्षेत्र नं २ का सभापति चिरञ्जिवि बरालले धन्यवाद ज्ञापन र सचिव राजु आलेले सञ्चालन गरेका थिए।

LEAVE A REPLY