पोखरा,१२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी निर्वाचित भएका छन् । गत बैशाख ३१ गते भएको स्थानिय तहको नर्वाचन अन्तर्गत भएको निर्वाचनमा नेपाली कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७ सय २ मतको अन्तरले हराउँदै जिसी मेयरमा निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित जिसीले ६० हजार ११८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे । संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति गठबन्धनका हुमबहादुर गुरुङ्ग र ३ हजार १७० मत पाउँदा राप्रपाकी गीता गुरुङ्गले २ हजार २ ७२ मत पाइन् ।

उपमेयरमा पनि नेकपा एमालेकी मञ्जु गुरुङ्ग बिजयी भइन् । उनले कांग्रेसकी सरस्वती गुरुङ्गलाई १२ हजार ११० मतले पराजित गर्दै उपमेयरमा निर्वाचित भइन् । मञ्जुले ५६ हजार ४४८ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङ्गले ४४ हजार ३३८ मत प्राप्त गरिन् ।

उपमेयरका माओवादी उम्मेद्वार गोमा ढकालले ८ हजार ७९६, राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८ ४०, संघीय समाजवादी फोरम र नयाँशक्ती गठबन्धनकी लक्ष्मी खाती परियारले १ हजार १ पाइन् ।

मेयरमा पराजित उम्मेद्वार रामजी कुँवरले बिजयी जिसीलाई बधाई दिएका छन् । कुवरले निर्वाचन कार्यालयले अन्तिम परिणाम सार्वजनिक गरेलगत्तै जिसीलाई फोन गरेर बधाई दिएका हुन् ।

उनले जनमतको आफूले कदर गर्ने र पोखराको विकास र समृद्धीमा जिसीलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । साथै जिसीलाई पार्टी भन्दा माथी उठेर पोखरा र पोखरेलीको हितको लागि काम गर्न सुझाव दिएका छन् ।

LEAVE A REPLY