पोखरा, २२ साउन l  पोखरा बहुमुखी क्याम्पस मानविकी तेस्रो र व्यवस्थापन संकाय चौथो वर्षमा अध्ययनर विद्यार्थीहरुले मानविकी तेस्रो र व्यवस्थापन चौथो वर्ष सकेका विद्यार्थीलाई विदाई गरेका छन् ।  क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णु बास्तोलाले विद्यार्थीहरुले गरेको कार्यबाट पोखरा बहुमुखी क्याम्पसलाई शिक्षाको साथै खेलकुदको क्षेत्रमा समेत सफलता प्राप्त गरि क्याम्पसको शिर उच्च बनाउने कार्य विद्यार्थीहरुले गरेको धारण राखे । क्याम्पस र विद्यार्थीको हकहितको लागि व्यवस्थापन समिति गम्भिर भएको उनले बताए ।

वडा नं.९ का वडा अध्यक्ष रामराज लामिछानेले पोखरा बहुमुखीलाई आफ्नै भवन बनाउनको लागि वडाको तर्फबाट पहल गर्ने बताए । क्याम्पसलाई व्यवस्थित गरि स्थायित्व रुपमा राख्नको लागि सहयोग गर्ने प्रतिबद्धता लामिछानेले गरे ।
क्याम्पस प्रमुख शिशुकला पराजुलीले शिक्षा नै मानवको जिवन रहेको धारण राख्दै विदाई कार्यक्रमलाई विदाईको रुपमा भन्दा उच्च शिक्षा हासिल गर्नको लागि आफ्नै घरबाट शुभकामना दिएको भन्ने भावनाका साथ अघि बढ्न प्रेरित गरिन ।

क्वालिटि एकेडेमीका सञ्चालक कृष्ण पोखरेल, क्याम्पसका पूर्व प्रमुख तथा प्रध्यापक संघका अध्यक्ष हस्तबहादुर थापा, निवर्तमान सहायक क्याम्पस प्रमुख चुडामणि सुवेदी, पूर्व सहायक क्याम्पस प्रमुख पुष्पराज पौडेल, पूर्व सहायक क्याम्पस प्रमुख महेन्द्र रिमाल, विद्यार्थी कल्याणकारी संघका अध्यक्ष सुवाष शर्मा, विद्यार्थी सन्देश क्षेत्री, रञ्जना गुरुङ, सृष्टि घिमिरे र विदाई भएका निरिशा गुरुङ, फिरोज खान, भु.पु विद्यार्थी एवं पूर्व विद्यार्थी कल्याणकारी संघका सचिव पवन काजी लगायतले भनाई राखेका थिए । नरेश भट्टराईको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन हिरा अधिकारीले गरेकी थिइन ।

LEAVE A REPLY