पोखरा, मंसिर ९ l नयाँबजारस्थित पोखरा बहुमुखि क्याम्पसले ३१ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाउने भएको छ । वार्षिकोत्सवको अवसरमा शनिबार क्याम्पस परिसरमा शनिबार छात्र तथा छात्रा भलिवल प्रतियोगिता भएको छ । प्रतियोगितामा छात्रतर्फ बिबिएस प्रथमवर्ष र छात्रातर्फ बिए तेश्रोवर्षको टिमले उपाधि हात पारेका छन् ।
छात्रतर्फ बिबिएस प्रथम वर्षको समुहले बिसिएस तेश्रोवर्षलाई २५–१३ र २५–१७ को सेटले पराजित गरेर उपाधि हात पारेको थियो । त्यस्तै छात्रातर्फ बिए तेश्रो वर्षको समुहले बिबिएस तेश्रोवर्षलाई २५–२२ र २५–१५ को सेटले पराजित गरेर उपाधि जितेको थियो ।
प्रतियोगितामा छात्रतर्फ ४ र छात्रातर्फ २ समुहले भाग लिएका थिए । प्रतियोगिताको पहिलो खेलमा छात्रतर्फ बिबिएस पहिलो वर्षको समुहले बिबिएस दोश्रोवर्षको समुहलाई २५–१५ र २५–१७ को सेटमा पराजित गरेको थियो । त्यस्तै दोश्रो खेलमा बिबिएस तेश्रो वर्षले बिबिएस चौथो वर्षको समुहलाई २५–१८ र २५–१२ को सेटमा पराजित गरेको थियो ।
सामुदायिक क्याम्पस पोखरा बहुमुखिले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम अन्तर्गत शनिबार छात्रछात्रा भलिवल प्रतियोगिता गरेको हो । क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार फुटसल सहित, रक्तदान, निवन्ध र कविताबाचन कार्यक्रम पनि वार्षिकोत्सवका अवसरमा हुनेछन् । क्याम्पसमा स्नातकतहसम्म व्यवस्थापन र मानविकी संकायमा पढाई हुन्छ ।
फोटो पनि छ ।

LEAVE A REPLY