पोखरा,१६ पोखरा l पोखरा लेखनाथको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले पोखरा लेखनाथको आदर्शचोक, विरौटा र वालिड्ड रामबाच्छा बजारका ३ नयां शाखाहरुको औपचारिक उद्घाटन गरेको छ ।
वित्तीय संस्थाको विरौटा शाखाको उद्घाटन संस्थाका अध्यक्ष भुवनसिं गुरुङले गर्नु भएको थियो भने लेखनाथ शाखा र रामबाच्छा शाखा क्रमशः संचालक सुन्दर गुरुङले र संचालक ले.अर्जुन कुमार गुरुङले गर्नुभएको प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।
चुक्ता पृ्ंजी रु. ५५.७४ करोड रहेको यस वित्तीय संस्थाले २०७३ चैत्र मसान्त सम्ममा निक्षेप रु. ३ अर्व ४३ करोड तथा कर्जा रु.३ अर्व २८ करोड एवं सञ्चालन मुनाफा रु. १२ करोड कायम गर्न सफल भएको छ । वित्तीय संस्थाले चुक्ता पृ्ंजी वृद्धिका लागि निकट भविष्यमा नयँं सेयर (एफपिओ) निष्कासन का साथै १५ प्रतिशत हकप्रद शेयर समेत जारी गर्ने जानकारी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले दिनुभयो । उक्त उद्घाटन कार्यक्रम संचालन क्रमश कम्पनी सचिव नारायण प्रसाद शर्मा, राजुमोहन भट्टराई र युवराज वोहोराले गरेको थियो ।

LEAVE A REPLY