पोखरा, १० बैशाख l जेसिआई पोखराको विकइण्ड २०१७ कार्यक्रम अत्तर्गतको दोस्रो दिन कास्कीको मादी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
मादी गाउँपालिकामा अवस्थित स्वास्थ्य चौकीको प्राङ्गणमा जेसिआई पोखराको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोेजना बाट सो ठाउँका करिव चार सय जना नागरिकले निशुल्क स्वास्थ्य परिक्षण गरि स्वास्थ्य लाभ लिने अवसर पाएका हुन । पोखराको सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा, मुटुरोग विशेषज्ञ, हाडजोर्नी तथा नसारोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, वालवालिका रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ लगाएतका विशेषज्ञ डाक्टरहरुको टोली सहभागी रहेको थियो ।
दुर्गम ठाउँका वासिन्दाले सवै रोगको विशेषज्ञ डाक्टरहरुसँग आफनो आँगनमै निःशुल्क स्वास्थ्य परिक्षण गराउने सुवर्ण अवसर दिएकोमा जेसीआई पोखरालाई विशेष धन्यवाद प्रदान गर्दै सँधै भरि यसरी नै आफ्नै टोलमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने अवसरको लागि नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गरिदिन र यो सुचना पु¥याइदिन समेत स्थानीयले अनुरोध गरेको जेसिआइ पोखराका कोषाध्यक्ष जेसि देवराज शर्माले जानकारी दिए ।
जेसिआई पोखराका अध्यक्ष जेसि शिव प्रसाद कोइरालको अध्यक्षता रहेको सो कार्यक्रमको स्थानीय संयोजन मादी महिला बचत तथा ऋण सहकारी संस्था र स्थानिय महिला समितिले गरेको थियो । सो कार्यक्रममा जेसिआई पोखराका पुर्व अध्यक्ष नारायण शर्मा, जेसि गोविन्द प्रसाद देवकोटा सहित स्थानीय समाज सेवी र विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए । विकईण्ड कार्यक्रमका मुल संयोजक शिव सापकोटाको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन महासचिव मिनराज खड्काले गरेका थिए भने कार्यक्रमको संयोजन संयोजक अन्जानदेव ढकालले गरेका थिए ।

LEAVE A REPLY