पोखरा, २८ बैशाख l पोखरा एफ एमले आफ्नो १६ औं बार्षिकोत्सव मनाएको छ । एफ एम २०५८ सालको बैशाख पुर्णिमाबाट औपचारिक प्रसारण शुरु भएको हो । एफएमकाप्रमुखकार्यकारी अधिकृत उत्तममान बुद्धाचार्यको अध्यक्षतामा भएको कार्यक्रममाबौद्ध भिक्षुधजवन्त लगायत अन्य भिक्षुहरुबाट बुद्ध पुजा, परित्राण तथापञ्चशिल पाठ गरि एफ एमको प्रगतिका लागि शुभकामना प्रकट गरेका थिए ।
उक्तअवसरमाबोल्दै प्रमुखकार्यकारी अधिकृत बुद्धाचार्यले एफ एमले १६बर्ष पार गर्दा समाज र राष्ट्रका लागि सकारात्मक योगदान दिन सकेकोमा सन्तुष्टि प्रकट गरे । सो अवसरमा १६ औं बार्षिकोत्सवको केक काटिएको थियो भने बौद्ध भिक्षुहरुलाई दानप्रदानगरिएको थियो ।कार्यक्रममा धर्मशिला बुद्ध विहारका कर्मशिला गुरुमा, उपासिका संघका अध्यक्षदमयन्तीशाक्य, रेडियोका स्टेशन इन्चार्ज सन्जयमल्ल, सिनियर प्रस्तोता सुरज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY