पोखरा , १७ बैशाख l लायन्स क्लब अफ पोखरा टुरिजम सिटी , कलश बचत तथा ऋण सहकारी संस्था र पोखरा एफ एमको संयुक्त आयोजनामा बैशाख १८ गते सोमबार पोखरामा रक्तदान कार्यक्रम हुने भएको छ । पोखरा एफ एमको प्राङ्गण चिप्लेढुङ्गामा हुने रक्तदान बिहान ७ बजे शुरु हुने कार्यक्रम संयोजक एवम लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष सुदिप पौडेलले बताए ।
रक्त सञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा हुने कार्यक्रममा नया तथा पुराना रक्तदातालाई रक्तदानका लागि प्रोत्साहित गरिने सहसंयोजक पोखरा एफ एमका स्टेशन इन्र्चाज सन्जय मल्लले जानकारी दिए । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउदैै कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबाबु खड्काले युवा पुस्तालाई रक्तदानका लागि आह्वान गरे । उनले एउटा स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्न सक्ने तथा एकजना ब्यक्तिले गरेको रक्तदानबाट ३ जना बिरामीको ज्यान बच्ने हुनाले यस्तो पबित्र कार्यमा युवाहरुको अग्रसरता हुनपर्ने बताए ।
रक्तदाननै जीवनदान भन्ने नाराका साथ पोखरा र आसपासमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएकोले सम्पुर्ण रक्तदाताहरुलाई रक्तदानका लागि लायन्स क्लब अफ पोखरा टुरिजम सिटी, कलश बचत तथा ऋण सहकारी संस्था तथा पोखरा एफ एमले आह्वान गरेको छ । रक्तदान कार्यक्रमको पोखरा एफ एमबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ

LEAVE A REPLY