पोखरा, बैशाख ३ l नयाँ शक्ति पार्टी नेपालको आयोजनामा पोखरालेखनाथ महानगरको वडा नं. २५ को बैठक सम्पन्न भएको छ । बैठकले बाबुराम अधिकारीको संयोजकत्वमा सहसयोजक पुनम सार्की, बुद्धि बहादुर अर्मजा पुन र खडक बहादुर सुनार सहित २५ सदस्यीय वडा समिति गठन गरेको हो ।

भेलाका प्रमुख वक्ता नयाँ शक्ति नेपाल केन्द्रिय सदस्य तथा पोखरालेखनाथ महानगरपालीका संयोजक जित बहादुर तमुले देशको समृद्धीको लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । उक्त भेलामा नयाँ शक्ति पार्टी नेपाल सघिय परिषद सदस्य तथा समाजवादी खेलकुद महासघ केन्द्रिय संयोजक देवी सुवेदी, कास्कीका संयोजक हेम बहादुर थापा, सघिय परिषद सदस्य नारायणहरि तीवारी, विद्यार्थी नेता नेत्र चापागाई, सघिय परिषद सदस्य शम्भुखाती परियार, भानु अधिकारी, अन्नपुर्णगाउपालीका संयोजक भरत गुरुङ्ग, महिला शक्ति कास्की संयोजक लक्ष्मि खाती परियार, मादी गाउपालीका संयोजक जिवनराज सापकोटा राष्ट्रिय उद्योग व्यापार वाणिज्य महासंघका जिल्ला संयोजक राजेन्द्र शर्मा लगाएतले मन्तव्य राखेका थिए ।

बैठकले सदस्यमा पार्वती जैसी, पार्वती चापागाई, सारदा दवाडी, शिव बहादुर खत्री, जयलाल अधिकारी, मनकुमारी पौडेल, सविना थापा मगर, सपना जैसी पौडेल, हरिमाया छन्त्याल, राममाया नेपाली, सुब बहादुर लामा लगाएतलाई सर्वसम्मत चुनेको छ । समिति गठन पश्चात वक्ताहरुले समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY