पोखरा, बैशाख ११ l नयाँ शक्ति पार्टी नेपालको आयोजनामा पोखरालेखनाथ महानगरको बैठक सम्पन्न भएको छ । बैठकले आगामी स्थानिय तहको निर्वाचनमा पोखरालेखनाथ महानगरपालीको उमेद्वार छनौट गर्न मदन के.सी. को संयोजकत्वमा देवी सुवेदी, दुर्गा गुरुङ्ग, शम्भु खाती परियार, खड्ग गुरुङ्ग सदस्य रहेको छनौट समिति गठन गरि समितिले मेयर तथा उपमेयरका आकाक्षी हरुलाई केन्द्रले बनाएको उमेद्वार छनौटका आधारमा रहि सर्वसम्बतरुपमा हेम बहादुर थापा, जित बहादुर तमु मामा र नारायणहरि तिवारी लाई सिफारिष गरेको छ भने उप–मेयरमा कमला रानाभाट र लक्ष्मी खाती परियारलाई सिफारिष गरेको छ ।
बैठक मा प्रदेश नं ४ संयोजक वलावती शर्माले स्थानिय तहको निर्वाचनमा पार्टी एक ढिक्का भएर अगाडी बढ्न अनुरोध गदै बढ्ने कुरा वताउनुभयो, नयाँ शक्ति पार्टी, नेपालले समृद्ध नेपाल निर्माण गर्ने योजना लिएर गाउँ गाउँ मा जाने हाल निर्वाचन आयोगले हामिलाई निर्वाचनमा भाग लिन्छौ भन्दा चुनाव चिन्ह नदिएर लोकतन्त्रिक व्यवस्थाको उपहास गरेको बताउनु भयो । बैठकमा केन्द्रिय परिषद सदस्य, प्रदेश परिषद सदस्य, जिल्ला सदस्य तथा महानगर समिति सदस्यहरुको उपस्थिति रहेको थियो । सिफारिस भएका मेयर र उपमेयर का साथिहरुलाइ वक्ताहरुले समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY