पोखरा, १२ वैशाख l पोखरामा सडक नाटक मञ्चन हुने भएको छ । पोखरा लेखनाथ महानपालिकाको सहकार्यमा पंचामृत नाट्य समुह पोखरा र पोखरा थियटरको संयुक्त प्रस्तुती रहेको नाटक “हाम्रो पोखरा राम्रो पोखरा” मञ्चन हुने लागेको हो ।
नाटक यही वैशाख १५ गते देखी पोखरा लेखनाथ महानगरपालिकाको सम्पुर्ण वडामा मञ्चन गरिने छ । पोखरामा छाडा चौपाएको कारण बढदै गएको सडक दुर्घट्ना र फोहोरमैला ब्यवस्थापन सम्बन्धी बिषय बस्तुमा बनेको जनचेतना मुलक नाटक “हाम्रो पोखरा राम्रो पोखरा”मञ्चन हुन लागेको हो । महानपालिकाले फोहोर मैला ब्यवस्थापन गर्न बिभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु गर्दे आएकोमा यस पटक भने नाटकको माध्यम बाट जनचेतना दिन लागिएको हो ।
परीर्वतनको लेखन तथा निर्देशन रहेको नाटकमा कलाकारहरु दिल प्रसाद गुरुङ, सितला अधिकारी, रमेश बाबु तिमल्सिना, शान्ति आले, रश्मी पुन, प्रकाश रेग्मी र अञ्जु दाहालको अभिनय रहने छ । नाटक “हाम्रो पोखरा राम्रो पोखरा”को ब्यबस्थापकमा  हेमन्त हितैसी रहेका छन् । पोखरा थिएटरले नाटक घरको केही समय अगाडी शिलन्यास गरी निर्माणको तयारीमा रहेको छ ।

LEAVE A REPLY