पोखरा, १५ कात्तिक । आत्म ज्ञान प्रचार संघ रानीपौवा केन्द्र पोखराको आयोजनामा शान्तिको सन्देश कार्यक्रम सम्पन्न भएको छ । केन्द्रको आफ्नै कार्यकक्ष रानीपौवामा मंगलबार आयोजित कार्यक्रममा पोखराका महत्वपूर्ण व्यक्तित्वहरु सहभागी भएको केन्द्रका सदस्य भरत केसीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सबै मानिसका लागि शान्ति आवश्यक रहेको बताए । शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रम सबैको हितमा हुने उनको भनाइ छ ।
केन्द्रका सदस्य राम बहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, कास्की कारागारका प्रमुख हरिप्रसाद गौतम लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सदस्य भरत केसीले गरेका थिए ।
कार्यक्रममा गुरु महाराज जी भिडियोको माध्यमबाट शान्तिको सन्देश प्रवचन र जीवनी सुनाइएको थियो । सातामा दुई दिन शान्तिको सन्देश कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको केसीले जानकारी दिए । केन्द्रमा सूचना केन्द्रसमेत छ ।

LEAVE A REPLY