पोखरा, कात्र्तिक २४ l तमु खेगी वोन्पो लमहरुको प्रथम राष्ट्रिय भेला आजबाट पोखरामा शुरु भएको छ । तमु प्ये ल्हु संघ कास्की जिल्ला शाखाको आयोजना र संघको गोर्खा तथा लमजुङ जिल्ला शाखाको सह–आयोजनामा आजबाट शुरु भएको भेलाको पोखरामा एक कार्यक्रमका बीच संस्कृतिविद प्राध्यापक डा.जगमान गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नु हुँदै उहाँले तमु जातिको धर्म संस्कृति संवेदनशील अवस्थामा पुगेको र तमु धर्मको नाममा तिब्बती बौद्ध धर्म संस्कृति भित्रिएले अहिले तमु समुदायमा कलाहको वातावरण सिर्जना भएको बताउनुभयो । पच्यु र क्लेप्रीको सभ्यता आस्था र विश्वासमा मात्र रहेको भन्दै अब पच्यु क्लेप्रीले आप्mनो प्ये(शास्त्रा)को विश्लेष्ण गर्नु पर्ने बेला आएको बताउनु भयो । साथै उहाँले देश, काल र वातावरण अनुसार पच्यु, क्लेप्री तथा वोन्पो लमले गर्ने कर्म काण्डामा पनि सुधार हुदै जानुपर्ने बताउनु भयो । तिब्वती परम्पराले नेपाली संस्कृतिलाई अजीङगारले निले जस्तै गरी निलेको भन्दै उहाँले अब तमु खेगीहरुले आफनो प्येमा भएको कुरालाई सहज तरिकाले जनमानसलाई बुझाउनु पर्ने बताउनुभयो । भेलाले तमु जातिमा धार्मिक सहिष्णुता बढाएको भन्दै आउने दिनमा संस्कार संस्कृतिमा सुधार र संशोधन गर्दै जानुपर्ने उहाँको भनाई रहेको छ ।

यस्तै कार्यक्रमका विशेष अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जि.सी.ले पोखरालाई ऐतिहासिक साँसकृतिक थलोको रुपमा विकास गर्ने र भौगोलिक रुपमा सेती नदीको कटानबाट जोखिममा रहेको प्ये ल्हु संघको कार्यालयलाई संरक्षण गर्न महानगरपालिकाले सहयोग गर्ने बताउनु भयो । मुलुकमा रहेको सबै जातिको धर्म संस्कृतिलाई संरक्षण गरेर मुलुकलाई संवृद्ध बनाउने तर्फ आफनो पहल सधै रहने उहाँको भनाई छ ।

यस्तै तमु ह्युल छोंज धीका अध्यक्ष रेशम तमुले भेलाबाट तमुहरुमा धार्मिक एकताको भावना बढेको भन्दै आफनो कार्यकालमा तमु एकताको अविभारा पूरा गरेरै छाडने बताउनु भयो । कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष कर्म तमु, बौद्ध अर्घौ सदनका अध्यक्ष भुवनसिंह तमु लगायतले भेलाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यसअघि पोखरा सभागृहबाट शुरु भएको तमु मौलिक परम्परा सहितको झाँकी र बाजा गाजा सहितको वृहत ¥याली पोखराको विभिन्न भाग परिक्रमा गरि तमु प्ये ल्हु संघको कार्यालय फलिना क्होईबोमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

भेलामा कास्की, गोर्खा, लमजुङ, संखुवासभा, मनाङ, मुस्ताङ लगायतका विभिन्न स्थानबाट वोन्पो लम, पच्यु, क्लेप्रीहरु तथा जिल्लागत प्रतिनिधिहरु गरि करिब ३ सय जनाको सहभागिता रहेको छ । भेलाको दोस्रो दिन भोली विहान ८ बजे बन्द सत्र शुरु हुने र पर्सि कात्र्तिक २६ गते विभिन्न साँस्कृतिक कार्यक्रम सहित घोषणा सभाको आयोजना हुने आयोजकले जनाएको छ ।

तमु प्ये ल्हु संघ कास्कीका कार्यबाहक अध्यक्ष ओम तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु तमुले गर्नुभएको थियो । भने कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिका कलाकारहरुबाट विभिन्न साँस्कृति प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

यसैबीच तमु जातिको पुरानो इतिहास सम्बन्धी ढेगबहादुर पैगी लमद्धारा लिखित पुस्तक “बिम्जा”को आजै उक्त कार्यक्रममा विमोचन गरिएको छ ।

LEAVE A REPLY