पोखरा, ८ भदौ l मौषमी फ्लुका कारण पोखराका एक नाबालकको ज्यान गएको छ । मौषमी फ्लुका कारण पोखरा १७ छोरेपाटन शितल चौतारीका ११ महिनाका नाबालक स्वस्तिक बरालको ज्यान गएको हो ।

उनलाई निमोनिया भएको थियो । काठमाडौको ग्राण्डी अस्पतालमा ५ दिन देखी उपचारका क्रममा रहेका उनको ज्यान गएको परिवारले जानकारी दिएको छ ।

बरालको पोखराको ओम अस्पतालमा दुई दिन भर्ना गरि उपचार भएको थियो । ग्राण्डीका चिकित्सकले समयमा नै पोखराको अस्पतालबाट रिफर नगर्दा बचाउन नसकिएको बताएको परिवारले जानकारी दिएको छ

LEAVE A REPLY