सागर राज तिमिल्सिना
पोखरा, ३० बैशाख l पोखरा लेखनाथ महानगर पालिकाकाको सभागृहमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाले निश्क्रिय पारेको छ । शनिबार बिहान कालो झोलामा तार निश्केको अवस्थामा शंकास्पद बस्तु देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।

बमलाई नेपाली सेनाको कालीभञ्ज्याङ गणको डिस्पोजल टोलीले करिब साढे १ घण्टामा निश्क्रिय पारेको हो । झोलामा भएको बमलाई पोखराको सभागृह चोकमा डोरीले तानेर लगेको थियो । पहिलो पटक निस्किय पार्दा भए पछि पुन झोलाबाट पेसकुकर बमलाई झिकेर निस्क्रिय गरेको थियो । सभागृह चोकमा वरपर बालुवाले घेरेर डिस्पोज गरेका थियो ।

कुकर भित्र सकेट बम भएको आशंकामा घेरेर डिस्पोज गरेका नेपाली सेनाले जनाएको छ । बम राखेको आशंकामा पृथ्वीचोक स्थित शरणार्थी क्याम्पमा बस्ने टांसी वाङदी लामालाई प्रहरीले पक्राउ गरेको छ । यस अघि हिलो सांझ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ स्थित ताल बाराही स्कुलमा सुतली बम विस्फोट भएको थियो ।

LEAVE A REPLY