कृष्ण आचार्य / पोखरा, १८ चैत ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा सवै पाटी एकजुट भएर आए पनि एमाले एक्लै चुनाब लड्न तयार रहेको बताएका छन् ।एमाले कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालसंग डराएरै चुनाव भाँड्ने षडयन्त्र पनि भइरहेको जिकीर गरेका हुन् ।उनले कांग्रेस पहिले देशभक्त पार्टी भएपनि अहिले आएर झाडीमा सिङ अल्झेको बुढो बाह्रसिङे पार्टी भएको भन्दै अब कांग्रेसले हलचल गर्न नसक्ने बताए ।

अध्यक्ष ओलीले माओवादी केन्द्रको बारेमा भने आफूले कुनै टिप्पणी गर्न नचाहेको बताए ।एमाले मात्रै देशभक्ती पार्टी भएको दाबी गर्दै उनले नेपाल र नेपालीको हित विपरित संविधान संशोधन हुनै नसक्ने जिकिर गरे ।एमाले अध्यक्ष ओलीले देशका आवश्यकता र प्राथमिकताको आधारमा संविधान संशोधन गर्न सकिने तर बाहिरका कुनै शक्तिको निर्देशनका आधारमा राष्ट्रको हित वितरित आएको संविधान संसोधनको पक्षमा एमाले नउभिने दावी गरे ।

केही शक्तिहरु व्यक्तिगत स्वार्थका लागि चुनाव भाँड्ने र अस्थिरता लम्ब्याउने खेलमा लागेको भन्दै ओलीले घर भित्रको झगडा लिएर विदेशी सामु लम्पसार पर्नेहरुले देशलाई बर्वाद गर्न खोजेको आरोप लगाए ।नेपाल प्रहरीको महानिरीक्षक समेत नियुक्त गर्न नसक्ने सरकारको औचित्य सकिएको भन्दै उनले लामो समयदेखि महालेखा परिक्षक र अख्तियारमा आयुक्तहरु समेत नियुक्त हुन नसकेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पाटी परित्याग गरी करिब १ हजार ४ सय जना नेकपा एमालेमा प्रबेश गरेका छन् । एमाले अध्यक्ष ओलीले ओलीले विभिन्न पार्टीबाट एमालेमा प्रबेश गरेकाहरुलाई पार्टी प्रबेश गराएका थिए । सभाअघि पोखरा विभिन्न ठाउँबाट सुरु भएको ¥याली चिप्लेढुङ्गामा आएर सभामा परिणत भएको थियो । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न जनसभामा उपाध्यक्ष मनबहादुर गुरुङले स्वागत र सचिब दामोदर बैरागीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY