भदौ १७, पोखरा । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन पोखराको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त अवसरमा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरामा अटो भिलेज निर्माण गर्न महानगरले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘पोखरामा रहेका अटोमोबाइल्स व्यवसाय तथा ग्यारेजहरुलाई व्यवस्थित गर्न अटोभिलेज आवश्यक छ,’ उनले भने, ‘यसका लागि जग्गा खोजी भइरहेको छ ।’ एसोसिएसनले पोखरामा अटोभिलेजन निर्माणका लागि पहल गर्दै आइरहेको थियो ।
कार्यक्रममा पूर्व मन्त्री पृथ्वी शुब्बा गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष आनन्दराज मुल्मी, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएनको उपाध्यक्ष ध्रुव थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्रकुमार बाटाजू, पूर्व अध्यक्ष विन्दुकुमार थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारी, फेन्सी तथा रेडिमेट व्यवसायी संघका अध्यक्ष केशवबहादुर खत्री लगायतले बोलेका थिए ।
एसोसिएसनका अध्यक्ष कालिदास पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव कृष्णप्रसाद श्रेष्ठले गरेका थिए । स्वागत मन्तव्य अध्यक्ष पौडेलले र धन्यवाद मन्तव्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष मोहनबाबु खड्काले राखेका थिए । साधारणसभाले संस्थाको वार्षिक तथा आर्थिक प्रतिबेदन पारित गरेको छ ।

LEAVE A REPLY