पोखरा १४ असार । पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाइड २४ सै घण्टा खुल्ला राख्ने गरी गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलवार सार्वजनिक गरेको प्रशासन सुधार कार्ययोजनाको पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका छन् । बर्षौदेखि पर्यटन व्यवसायीले माग गर्दै आएकोमा अहिले गृहमन्त्रीले गरेको निर्णय स्वागतयोग्य भएको उनीहरुको प्रतिक्रिया छ ।

कार्ययोजना अन्तर्गत पर्यटकिय क्षेत्र पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरवारमार्ग २४ सै घण्टा खुल्ला राख्नको लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने उल्लेख छ । जस अनुसार पर्यटन व्यवसायीको माग अनुसार अब लेकसाइडमा रात्रीकालिन व्यवसाय सञ्चालन हुनेछ । तर विना मापदण्ड र पूर्वाधार तयार नगरी गरिएको घोषणा कार्यन्वयनमा भने समस्या हुने पोखरेली पर्यटन व्यवसायीको ठहर छ ।

गृहमन्त्रीको निर्णय कार्यन्वयन गराउन स्थानीय प्रशासनले व्यवसायीसँगको सहकार्यमा आचारसंहिता तयार गर्नुपर्ने र सोहि अनुसारको मापदण्ड व्यवसायीले पनि पुरा गर्नुपर्ने उनीहरुको सुझाब छ । लेकसाइडलाई २४ सै घण्टा खुलाउने निर्णय बारे केहि ब्यवसायीले पिसपोखरासँगको कुराकानीमा यस्तो धारणा ब्यक्त गरे ।

LEAVE A REPLY