पोखरा, १५ कात्तिक l पोखरा लेखनाथ महागरपालिका वडा नं. ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजुले पोखराको उत्कृष्ट वडा बनाउने दावी गरेका छन् । उनले वडाको विसका सँग सँगै पोखरालाई नै विकासमा टेवा पु¥याउदै वडालाई नमुना बनाउने लक्ष्य सुनाए । स्थानिय प्रतिनिधीद्धारा वडा भित्रका नागरिकलाई सहज तरिकाले सेवा प्रदान गर्न क्रममा समग्र पर्यटकीय क्षेत्र पोखराकै विकासका लागि आफु लागी परेको बताए ।

अहिलेसम्म लोक राजमार्ग अन्तरगत वडा नं. ११ र १३ को बीचमा डेढ वर्षमा निर्माण सम्पन्न गर्ने गरि १५ करोडको लगानीमा पुल निर्माण काम भइरहेको उनले बताए । उनले वडामा ट्रफिकको सिग्नल राख्ने, जेब्र क्रसिङ्ग बनाउने, खानेपानी व्यवस्था, फोहोरमैलाको व्यवस्थपन, ढल बनाउने, पार्क, खेलकुद मैदान, सार्वजनिक शौचालय, तुलसीघाटमा व्यवस्थित शवदाह निर्माण योजना रहेको उनको भनाई छ । प्रशासनिक कामहरुलाई सर्वसुलभ र छिटो छरितो सेवाग्राहीको काम सम्पन्न गर्ने प्रयास भैरहेको उनले उल्लेख गरे ।

झरी परेपछि बाटोमा फोहोर बगाउने सर्वसाधारणलाई अनुगमन गरेर कारवाहीको दायरामा ल्याईने गरेको उनले सुनाए । टोलले नै फोहोर उठाउने व्यवस्था गर्ने तथा फोहोर व्यवस्थापन गर्न सचेतनामुलक कार्यक्रम गरिने उनको योजना छ । वडा नं. ३ रहेको ६÷७ वटा ऐतिहासिक मन्दिरको अभिलेख राखिने छ । जहाँ बजेट आवश्यक त्यहाँ बजेट दिनुपर्छ भन्दै वडाध्यक्ष प्रजुले स्थानिय जनतासँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताए । त्यसको लागि नियमित बैठक बसी छलफल गरिरहेको र महानगरसँग पनि समन्वय गरेर जाने बताए ।

चीन सरकारको सहयोगमा पोखरा उद्योग वाणिज्य संघको पहल तथा संयोजनमा पोखराका मुख्य मुख्य चोकमा सोलार बत्ती राख्ने योजना बनेको छ । पोखराको अबको सय वर्षलाई रिङ्गरोड सहितको वस्ती बसाउन जाइकाले माष्टर प्लान बनाएको छ । महानगरको विद्यालयहरुमा प्राथमिकताका साथ भौतिक, शैक्षिक उन्नतीको लागि बजेट विनियोजन गरिने छ । क्रिकेटलाई राष्ट्रिय स्तरको रुपमा विकास गर्न महानगर स्तरिय क्रिकेट प्रतियोगिता वडा नं. ३ ले गर्ने अध्यक्ष प्रजुको भनाई रहेको छ ।

  • कविता घर्ती मगर

LEAVE A REPLY