पोखरा, ८ असार l पोखरा लेखनाथ महानगरपालिकाको अर्चलबोट नजिकै बसले स्कुटलाई ठक्कर दिदा दुई जना गम्भिर घाइते भएका छन् । कक्षा ११ को परिक्षा ग१२प ३८२७ नम्बरको स्कुटरमा घर फर्कदै गर्दा बेनीबाट काठमाडौ जादै गरेको बा ५ ख ९५०५ नम्बरको बसले ठक्कर दिएको हो ।

दुर्घटनामा घाईते दुवैलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराको साहारा अस्पतालमा उपचार
हुन नसके पछि मणिपाल अस्पताल लगेको हो । घाईते भएका दुवै जना माउन्ट अन्नपुर्ण क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन् । विन्ध्यवासीनि मावि बरपाटनमा परिक्षा दिएर घर फर्किदै गर्दा दुर्घटना भएको हो । सडक चाक्लो भएको र स्पीडमा हाकेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।

अहिले प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । आक्रोशित भिडले बसको सिसा फुटाएका छन् भने बसमा आगो समते लगाएका थिए । तोड्फोेड गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

LEAVE A REPLY