पोखरा, ९ भदौ । पोखरा उद्योग वाणिज्य संघले सुरु गरेको बाढी पहिरो पीडितलाई राहत प्रदान अभियानमा एलपी ग्याँस बिक्रेता संघ कास्कीले २० हजार १ सय प्रदान गरेको छ ।
संघका अध्यक्ष नारायणप्रसाद पौडेलले सो रकम पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पाखिलेलाई हस्तान्तरण गर्नु भएको हो । हालसम्म सो कोषमा ८ लाख ७० हजार ९ सय ६५ रुयैयाँ जम्मा भई सकेको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।
बाढी र पहिरोबाट सिङ्गो देश प्रभावित बनेका बेला आफ्नो दायित्ववोध मनन गर्दैै पोखरा उद्योग वाणिज्य संघले साउन ३० गते बाढी पहिरो पीडितहरुको सहयोगार्थ ‘पोखरा बाढी पीडित राहत कोष ’स्थापनाको निर्णय गरेको थियो । राहत संकलनको यो अभियानमा पोखरामै रहेको रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनले समेत सहकार्य गरेका छन् ।सो कोषमार्फत सहयोग गर्न चाहनेहरुलाई ओम डेभलपमेण्ट बैंकको खाता नम्बर १८०००० मा जम्मा गरी भौचरको प्रतिलिपी संघको सचिवालयमा पठाउन वा पोखरा उद्योग वाणिज्य संघको सचिवालयसहित रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनको कार्यालयमा सोझै प्रदान गर्न सकिने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

LEAVE A REPLY