काठमाडौं, कात्तिक १६ l नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा निगमले मूल्यवृद्धि फिर्ता लिएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले  दिनुभएको जानकारी अनुसार पेट्रोलियम पदार्थको कारोबार हिजोकै मूल्यमा हुनेछ । उहाँले यसअघिकै मूल्यमा पेट्रोलियम पदार्थको कारोबार गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गर्नुभएको छ ।

चुनावको मुखमा मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री असन्तुष्ट हुनुभएको थियो । उहाँले तत्काल मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएलगत्तै निगमले पुरानै मूल्यमा कारोबार हुने बताएको हो । निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ भाउ बढाएको थियो ।

LEAVE A REPLY