पोखरा, २  बैशाख l पोखरामा रहेको पृथ्वीहोटल ब्यवसायी समितिले आज शनिबार शुभकामना आदान प्रदान संगै टेलीफोन डायरी विमोचन कार्यक्रममा सम्पन्न गरेको छ । पृथ्वी होटल ब्यवासायी समितिको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले विमोचन गर्नुभएको हो ।
कार्यक्रम लाई सम्बोधन गर्दे श्रेष्ठले डाइरेक्ट्रीले ब्यबसायी लाई फाइदा पुग्ने बताउनु भयो । उहाँले राजनैतिक अस्थिरताले ब्यवसाय चौपट भएकाले स्थिरताको लागि पनि चुनाब आबश्यक रहेको बताउनु भयो । उहाँले बैशाख ३१मा हुने चुनावले सिंहदरबारको अधिकार गाउँ गाउँ आउने भन्दै सक्षम नेतृत्व रोज्न पनि आग्रह गर्नुभयो ।पृथ्वीचोकको ट्राफिक ब्यस्थापन र आइ ल्याण्डको साइज घटाउन पनि पृथ्वीचोकका ब्यवसायी लाई भुमिका खेल्न आग्रह गर्नुभयो ।
समितिका निर्बतमान अध्यक्ष रिजन शेरचनले टेलिफोन डायरी अत्याबस्यक थियो यस्ले ब्यसायिक समन्वयमा सघाउनुको साथै पर्यटक लाई होटलको लोकेशन बुझ्न पनि सहज हुने बताउनु भयो ।
घर भाडा सरोकार समिति कास्कीका अध्यक्ष यामनाथ पौडेलले स्थानीय तहको निर्बाचनमा सक्षमा नेतृत्व चुन्नको लागि जोड दिनु भयो ।सामुदायि प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्रमान रुेष्ठले आन्तरिक पर्यटक बढि रहेकोले उनिहरु लाई सहज हुने बतावरण बनाउन आग्रह गर्नुभयो । समितिका बरिष्ठ उपाध्यक्ष हरि प्रसाद पाण्डेयले आफुहरुले सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यपनि गर्दे अगाडि बढेको बताउनु भयो ।

महासचिव बालकृष्ण निउरेको सञ्चालनमा भएको कार्यक्रम समितिका अध्यक्ष कमल प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित पत्रकार र होटल ब्यवासयीहरुले एक आपसमा शुभकामना आदान प्रदान समेत गरेका थिए । यसै विच नयाँ होटल ब्यवासायीहरु लाई समितिमा आबद्ध भएको प्रमाण पत्र पनि वितरण गरिएको थियो ।

LEAVE A REPLY