ललितपुर,१६ कात्तिक । ललितपुर क्षेत्र नम्बर १ बाट एमालेको उम्मेदवार बनेका नेपाल प्रहरीका पूर्व डीआइजी नवराज सिलवालले आफूमाथि राज्यले अन्याय गरेकाले जनताबाट न्याय पाउन चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सिलवालले भने,’ममाथि राज्यसत्ताले अन्याय गर्‍यो । प्रधानमन्त्री शेरवहादुर देउवाले व्यक्तिगत प्रतिशोध साँधेर प्रहरी संगठनै सिध्याउन खोजे । राज्यबाट न्याय नपाएपछि पार्टीले जनता समक्ष जाने मौका दिएको छ,मलाई जनताले न्याय दिनेछन् ।’

नेपाल प्रहरीको आईजीपी बन्न नपाएपछि सिलवाल सर्वोच्च अदालत गएका थिए । तर, अदालतबाट पनि उनको रिट खारेज भएपछि एमाले प्रवेश गरी उम्मेदवार बनेका हुन् । सिलवालले कांग्रेस नेता तथा अर्थराज्यमन्त्री उदय शमसेर जबरासँग प्रतिस्पर्धा गर्दैछन् ।

LEAVE A REPLY