पोखरा, २७ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं.२२ पुम्दीमा उत्पीडित समुदाय भेला सम्पन्न भएको छ । भेलमा बोल्दै मुक्ति समाजका केन्द्रीय सदस्य धन बहादुर नेपालीले मानवता र समानताको व्यवहार गर्ने मान्छे नै उच्च कोटीको सम्मानित मान्छे हुने बताउँदै राजनीतिलाई विकृत बनाउन नदिन सबै समुदाय जागृत हुनुपर्ने बताए ।
नेकपा एमाले कास्कीका पूर्व उपाध्यक्ष लिलाधर पौडेलले पार्टीले ५ दशक अघिबाट सामाजिक समानताको लागि संघर्ष गरेको बताए । त्यसैगरी कालिबहादुर परियार, मित्रलाल बराल, झलक बराल, किसन सुनार, त्रिलोचन बराल लगायतले स्थानीय चुनावबारे बोलेका थिए । बखत बहादुर परियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY