बुटवल,१० बैशाख । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाको झुम्सा दोभानमा टिप्पर  दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

लु १ ख ९०३१ नम्बरको टि्रपर सडकबाट तल खोल्सामा खस्दा चालक पूर्णबहादुर सारु, सहचालक विमल कनौजे, बालकुमारी सारु र नाम नखुलेका एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु चार जनाकै घटनास्थल मै मृत्यु भएको हो ।

ढुंगा गिटी बोक्नका लागि ढंगाखानीतर्फ जाँदै गर्दा टि्रपर दुर्घटना भएको हो । दुर्घटना भएपछि प्रहरीले घटनास्थलमा पुगेर उद्दार गरेको थियो ।

@Onlinekhabar

LEAVE A REPLY