रसुवा, वैशाख १४ – रसुवामा क्रियाशिल राजनीतिक दललाई दलित उम्मेद्वार पाउन मुस्किल परेको छ ।

पाँच वटा गाउँपालिका रहेको रसुवामा दलित वस्ती नरहेको वडामा दलित उम्मेद्वार पाउन समस्या भएको नेताहरुले बताएका छन् । विशेष गरी जिल्लाको माथिल्लो भागमा दलितको बसोबास नरहेकाले राजनीतिक दलले दलित उम्मेद्वार छनोट गर्न नसकेका हुन् ।

नेकपा एमाले रसुवालाई जिल्लाको गोसाइकुण्ड गाउँपालिकाको टिमुरे, लाङटाङ, बृद्धिममा दलित उम्मेद्वार पाउन समस्या भएको छ भने नेकपा माओवादी केन्द्रलाई कालिका गाउँपालिकाको राम्चेमा समस्या आएको छ ।

नयाँ शक्ति पार्टी र नेपाली कांग्रेसलाई पनि लाङटाङ, टिमुरे, बृद्धिम, थुमन र राम्चेमा दलित उम्मेद्वार नपाउँदा उम्मेद्वार छनौटमा समेत समस्या आएको छ ।

LEAVE A REPLY