काठमाडौं, बैशाख १६ । धुलोका कारण काठमाडौंमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले सडक पखाल्ने अभियानलाई तिब्रता दिएको छ ।
कामपाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी आयात गरी सडक सफा गर्ने काम सुरु गरेको हो ।

मेलम्ची खानेपानीको पाइप बिछ्याउने कामले गर्दा पछिल्लो समय काठमाडौंमा अत्यधिक धुलो बढेको हुनाले त्यसलाई नियन्त्रण गर्नका लागि कामपाले यस किसिमको अभियान सुरु गरेको कामपाले जनाएको छ ।

लाजिम्पाट क्षेत्रमा शनिकार विहान ब्यापक सरसफाइ गरिएको छ । माइकिङमार्फत सडक सफाइमा जुट्न आब्हान गर्दै सडक सफाचट बनाइएको छ ।

सरसफाइ हरेक नागरिकसँग जोडिएकाले, प्रदूषण नियन्त्रण गर्न नागरिक र महानगर मिल्नुपर्ने सन्देश माइकिङमार्फत प्रवाह गरिएको छ ।

काठमाडौंका मुख्य र कालोपत्र गरिएका सडक तथा किनारामा जमेर बसेको धुलो पखाल्ने कामको थालनी गर्न सोमबार राति ९ः३० देखि १२ बजेसम्म सडक सफा गर्ने काम सुरु गरिएको थियो ।

धुलोका कारण नागरिकले अत्यन्तै सास्ती बेहोनु परेका कारण चौतर्फी दबाब आएकाले कामपाले यस्तो प्रयास गरी नागरिकलाई केही आभाष दिन तयार भएको हो ।

दमकल, जेट मेसिन र ट्याङ्करको प्रयोग गरिएको धुलो पखाल्ने कामको पहिलो दिन ५० हजार लिटर पानीको प्रयोग भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

 

LEAVE A REPLY